शुक्रबार, ६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना #जिप सफारी#बन्दीपुर#अर्थमन्त्री डा. स्वर्णिम वाग्ले#भारतीय विदेशमन्त्री डा एस जयशंकर#मोहम्मद सैफउद्दिन#एनपीएल#विजयादशमीको टीका#वर्षा र हिमपात#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना
अर्थतन्त्र

आयल निगमले पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ घटायो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, २ चैत, २०८१ मा प्रकाशित
आयल निगमले पेट्रोलमा ५, डिजेल र मट्टीतेलमा ४ रुपैयाँ घटायो
काठमाडाैं, चैत २ :

नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। शनिबार मध्यरातदेखि लागू हुने नयाँ समायोजन अनुसार पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर ४ रुपैयाँले मूल्य घटाइएको छ।

नयाँ मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँमा तथा डिजेल र मट्टीतेल १५१ रुपैयाँमा उपलब्ध हुनेछ। इन्डियन आयल कर्पोरेशनबाट १५ मार्चमा प्राप्त नयाँ खरिद मूल्यअनुसार मूल्य घटेर आएको हुँदा निगम सञ्चालक समितिको निर्णयअनुसार समायोजन गरिएको निगमका प्रवक्ताले प्रेस विज्ञप्ति मार्फत जनाएका छन्। खाना पकाउने ग्यासको मूल्य भने यथावत् रहेको छ ।

 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार