
काठमाडौँ, भदौ ८ :
नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । गत साउन २३ गते सुरु भएको बैठक २८ गतेबाट स्थगित भएको थियो ।
त्यसकै निरन्तरतामा आज पुनः बैठक बस्न लागेको हो ।
बिहान ११ बजे बस्ने बैठकमा विभिन्न प्रस्तावित विषयमाथि नेताहरूले धारणा राख्नेक्रम क्रम जारी रहने छ ।