विराटनगर, चैत ३ :

मोरङको बूढीगंगा खण्डमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

शनिबार राति कोशी राजमार्गअन्तर्गत बूढीगंगा गाउँपालिका- ३ स्थित मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स दुर्घटना  हुँदा चालक २४ वर्षीय आशिष राईको मृत्यु भएको हो ।

दुर्घटना गम्भीर घाइते राईलाई उपचारका लागि विराट शिक्षण अस्पताल भर्ना गरिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ ।

तीव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले बताएको छ ।