आइतबार, १५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात #जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब#बडीमालिकामा भारी हिमपात
समाचार

संग्रौलामाथिको आरोपबारे छानबिन गर्न समिति गठन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
संग्रौलामाथिको आरोपबारे छानबिन गर्न समिति गठन
काठमाडौं, चैत ३ :

काठमाडौं स्कुल अफ ल (केएसएल) का विद्यार्थीलाई दुर्व्यवहार गरेको आरोप लागेका सञ्चालक डा. युवराज संग्रौलामाथि छानबिन गर्न समिति गठन गरिएको छ ।पूर्वजिल्ला न्यायाधीश डा. श्रीकृष्ण भट्टराईको संयोजकत्वको समितिमा वरिष्ठ पत्रकार तीर्थ कोइराला र अधिवक्ता सीमा धामी सदस्य रहेका छन् ।

केएसएलले आइतबार पत्रकार सम्मेलन गरी समिति गठन बारेमा जानकारी दिएको हो ।  यो समितिलाई ‘तटस्थ जाँचबुझ समिति’भनिएको छ । पूर्वविद्यार्थीहरूले समेत यो घटनामा स्वतन्त्र छानबिन गर्न माग गरेपछि व्यवस्थापन समितिको बैठकले समिति गठन गर्ने निर्णय गरेको प्राध्यापक अञ्जनकुमार दाहालले जानकारी दिए ।

यसैबीच, पत्रकार सम्मेलनमा उपस्थित कार्यकारी निर्देशक संग्रौलाले आफूले पनि स्वतन्त्र छानबिनलाई सहयोग गर्ने बताएका छन् । कलेजको एक विद्यार्थीले संग्रौलाले कलेजमा छात्राहरूसँग यौनजन्य टिप्पणी र महिलाको शरीरबारे अपमानजनक शब्द प्रयोग गर्ने गरेको सार्वजनिक गरेकी थिइन् । दुर्व्यवहारमा परेकी भनिएकी ती छात्राले ५ डिसेम्बर २०२४ मा आफूले कलेजमा निवेदन दिएको बताएकी छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार