ललितपुर, चैत ३ :
राजावादी र गणतन्त्र पक्षधरको प्रदर्शन बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय, ललितपुरले पनि केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रमेश ढकालले आइतबार एक आदेश जारी गर्दै दुई महिनाका लागि पुल्चोक र भैंसेपाटी क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको बताए ।
जसअनुसार पुल्चोकस्थित यूएन हाउस, पुरानो मन्त्रीनिवास क्षेत्र र भैंसेपाटीको नयाँ मन्त्रीनिवास क्षेत्र आसपासलाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।
दुई महिनाको अवधिमा यस क्षेत्रमा अनशन, धर्ना, जुलुस, घेराउ, प्रदर्शन, सभाजस्ता कार्यक्रम गर्न पाइने छैन । जिल्ला प्रशासन कार्यालयले काठमाडौंले भने यसअघि नै केही क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिसकेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
इजरायली एक्जिट पोल : आइजेनकोट र नेतान्याहुको पक्षबीच कडा प्रतिस्पर्धा, स्पष्ट विजेता देखिएन
आधारभूत सेवा र सुविधा पनि नभएकाले ग्रामीण क्षेत्रमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दै गएको छ: हर्क साम्पाङ