शनिबार, २१ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण #पोखरा अन्तर्राष्ट्रिय विमानस्थल#पटका नष्ट#तिहार बिदा#निगमको डिपो खुला रहने#मधेस प्रदेश सरकार#संकटमा#पुष्पकमल दाहाल ‘प्रचण्ड’#प्रस्तावित न्यायाधीश बागचन्द#धनतेरस#राष्ट्रपति रामचन्द्र पौडेल#ओहोदाको प्रमाणपत्र पेस#प्यान कार्ड तथा प्रमाणपत्र वितरण#कागेश्वरी मनोहरा नगरपालिका#साताको कार्यप्रगति विवरण
राजनीति अर्थतन्त्र बैंक/बीमा

गृह मन्त्रालयसँग सम्बन्धित बजेटबारे अर्थमन्त्रीले गरे छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, ३ चैत, २०८१ मा प्रकाशित
गृह मन्त्रालयसँग सम्बन्धित बजेटबारे अर्थमन्त्रीले गरे छलफल
काठमाडौं, चैत ३ :

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, विषयगत मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँग समन्वय गरी आगामी वर्षको बजेट आउने बताएका छन् ।

आर्थिक वर्ष २०८२/८३ को बजेट निर्माणसम्बन्धी गृह मन्त्रालयसँगको छलफलमा अर्थमन्त्री पौडेलले तीन पक्षको समन्वयमा बजेट आउँदा बजेटप्रति अपनत्व हुने र कार्यान्वयनमा पनि सहज हुने बताए । छलफल र परामर्श गरी बजेट आउँदा बुझाइमा एकरुपता हुने र देखापरेका चुनौती तथा समस्यालाई समाधान गरेर अघि बढ्न सकिने उनको भनाइ थियो ।

अर्थमन्त्री पौडेलले नीति तथा कार्यक्रम र बजेटबीच समन्वय हुनुपर्नेमा जोड दिए । उपलब्ध साधन स्रोतको ख्याल गरी बजेट तथा कार्यक्रमको प्रस्ताव पेश गर्न उनले आग्रह गरे। गृह मन्त्रालयसँगको छलफलमा गृहमन्त्री रमेश लेखक, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, अर्थ सचिव, गृह सचिव, नेपाल प्रहरी, सस्त्र प्रहरी बलका प्रमुखलगायत उपस्थित थिए । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार