काठमाडौँ, चैत ४ :

देशमा पश्चिमी न्यूनचापीय प्रणालीको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ।

हाल देशका पहाडी भू- भागमा आंशिक देखि साधारणतया रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ।

सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा छिटफुट वर्षा भैरहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो हिमाली क्षेत्रमा आंशिक बदली रही एक- दुई स्थानमा हल्का हिमपात साथै हावाहुरीको सम्भावना रहेको छ । 

पहाडी क्षेत्रमा आंशिक बदली रही एक- दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का वर्षा हुनुका साथै हावाहुरीको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रही थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ ।

त्यस्तै, राती हिमाली क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना रहेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।