
काठमाडौँ, चैत ४ :
आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
दिउँसो एक बजे केन्द्रीय कार्यालय च्यासलमा बस्ने बैठकमा समसामयिक विषयमै छलफल हुने एमालेले जनाएको छ ।
एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक गतिविधिबारे छलफल गर्न बैठक बस्न लागेको बताए ।