मंगलबार, १० कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा #लुम्बिनी लायन्स#विजयी सुरुआत#नेपाल आयल निगम#एनपीएल तेस्रो सिजन#सुदूरपश्चिम रोयल्स#खराब सुरुवात#पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी#भक्तपुरका बाटोबाटोमा धान#स्कार्पियो दुर्घटना#कालिगण्डकी करिडोर#दोबा पुल#विपद्का घटना#प्रधानमन्त्री बालेन शाह#एनपीएलको उद्घाटन#सभापति गगनकुमार थापा
राजनीति

सर्वोच्चले डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगर्नुको कारण माग्यो

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ४ चैत, २०८१ मा प्रकाशित
सर्वोच्चले डा. मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगर्नुको कारण माग्यो
काठमाडौं, चैत ४ :

सर्वोच्च अदालतले  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा.संगीता कौशल मिश्रालाई स्वास्थ्य सचिव नियुक्त नगरिएकोमा कारण माग गरेको छ ।

मिश्राले दायर गरेको रिटमा आइतबार सुनुवाई गर्दै न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले  कारण माग गर्दै छलफलका लागि दुवैपक्षलाई बोलाइएको छ । वरिष्ठताको क्रममा अगाडि भएपनि आफूलाई स्वास्थ्य सचिव नियुक्त नगरिएको भन्दै मिश्राले चैत १ गते सरकारविरुद्ध सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

मन्त्रिपरिषद्ले डा. विकास देवकोटालाई नियुक्ती गरेसँगै डा. मिश्रले बरिष्ठताको आधारमा आफू हुनुपर्ने भन्दै असन्तुष्टि जनाएकी थिइन् । उनले आफूमामाथि अन्याय भएको जनाउँदै स्वास्थ्यमन्त्रीले राजीनामा समेत मागेकी छन् ।

फागुन २१ मा बसेको मन्त्रिपरिषद बैठकले अतिरिक्त सचिव डा. विकास देवकोटालाई सचिवमा बढुवा गरेको थियो । लोकसेवा आयोगले नयाँ सचिवका लागि मन्त्रालयका तीन अतिरिक्त सचिवहरु डा.मिश्रा, डा. विकास देवकोटा र डा.टंक बाराकोटीको नाम मन्त्रिपरिषदमा सिफारिस गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार