काठमाडौं, चैत ४ :

साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार १०.१४ अंकले घटेको छ । ०.३७ प्रतिशतले घटेको २७०४.७० विन्दुमा रोकिएको छ ।

(क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ०.९५ अंकले घटेर ४५३.९५ अंकमा झरेको छ । नेप्सेमा आज ३३१ कम्पनीको कारोबार भए । आज ८५ कम्पनीका सेयर मूल्य बढ्दा १४५ कम्पनीका सेयर घटे । यस्तै १३ कम्पनीको मूल्य स्थिर रह्यो ।

आज सेयरबजारमा ५७ हजार पाँच सय ८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सन लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा महालक्ष्मी विकास बैंक परेको छ । साथै बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा हिमालयन री-इन्स्योरेन्स कम्पनी परेको छ ।