साताको दोस्रो कारोबार दिन आज (सोमबार) सेयर बजार १०.१४ अंकले घटेको छ । ०.३७ प्रतिशतले घटेको २७०४.७० विन्दुमा रोकिएको छ ।
(क) वर्गका कम्पनीको कारोबार मापन गर्ने सेन्सिटिभ इन्डेक्स ०.९५ अंकले घटेर ४५३.९५ अंकमा झरेको छ । नेप्सेमा आज ३३१ कम्पनीको कारोबार भए । आज ८५ कम्पनीका सेयर मूल्य बढ्दा १४५ कम्पनीका सेयर घटे । यस्तै १३ कम्पनीको मूल्य स्थिर रह्यो ।
आज सेयरबजारमा ५७ हजार पाँच सय ८५ पटकको कारोबारमा ९९ लाख ३५ हजार ८७२ कित्ता सेयर खरिद-बिक्री भएका छन् । जसअनुसार कुल कारोबार रकम पाँच अर्ब ४० करोड ८३ लाख १४ हजार ७५ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा राप्ती हाइड्रो एन्ड जनरल कन्सट्रक्सन लिमिटेड परेको छ । बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा महालक्ष्मी विकास बैंक परेको छ । साथै बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा हिमालयन री-इन्स्योरेन्स कम्पनी परेको छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान