मनाङमा ४६ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिने भएका छन् । यही चैत ७ गतेदेखि हुने परीक्षाका लागि जिल्ला सदरमुकाम चामेमा रहेको लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको छ ।
जिल्लाका चार स्थानीय तह भए पनि नार्पाभूमि गाउँपालिकाबाट कुनै पनि परीक्षार्थी नरहेकाले तीनवटा पालिकाको बीचमा पर्ने लोकप्रिय माविलाई परीक्षा केन्द्र तोकिएको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख धु्रवप्रसाद कोइरालाले जानकारी दिए । परीक्षामा नियमिततर्फ ४१ र ग्रेड वृद्धितर्फ पाँच परीक्षार्थी सहभागी हुने उनले बताए ।
नासोँ गाउँपालिकामा रहेको प्रकाशज्योति माविबाट २१, मनाङ ङिस्याङ गाउँपालिकामा रहेको अन्नपूर्ण माविबाट ४, चामे गाउँपालिकामा रहेको लोकप्रिय माविबाट १४ र लोकप्रियबाटै खुलातर्फ दुई जनाले एसइई दिने छन् । उनले प्रकाशज्योति माविबाट दुई र लोकप्रिय माविबाट तीन जनाले ग्रेडवृद्धि परीक्षा दिने बताए।
यस वर्ष पनि एसइई दिने विद्यार्थी नभएको विद्यालयका प्रधानाध्यापकलाई केन्द्राध्यक्ष बनाउने नीति अवलम्बन गर्दै भानु मावि तालका प्रधानाध्यापक श्यामकृष्ण पन्तलाई केन्द्राध्यक्ष तोकिँदै छ । उनले सबै परीक्षार्थी परीक्षा केन्द्रमा पुगेको जानकारी दिए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान