काठमाडौं, चैत ५ :

नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

गृह मन्त्रालयमा मंगलबार आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका हुन् ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले एआईजी थापालाई आईजीपीमा नियुक्त गरेको हो । थापा प्रहरीको ३१औं आईजीपी बन्न सफल भएका छन् ।

प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्छु : आईजीपी थापा