बुधबार, ११ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल #पोखरा स्कुल बस दुर्घटना#सुदूरपश्चिम रोयल्सको जित#काठमाडौं उपत्यकाबाटै प्रतिलिपि#नागरिकताको प्रतिलिपि#विदेशी नागरिक पक्राउ#इनर्जी ड्रिङ्क्स#सेवन नगर्न आग्रह#ज्यालो नेपाल पार्टी#निर्वाचन आयोगमा ज्ञापनपत्र#‘अर्णव’ चक्रवात#जिल्ला अदालत ललितपुर#अध्यक्ष पंकजविक्रम नेम्वाङ#महासचिव किरण राई#पोखरा एभेन्जर्स#सुदूरपश्चिम रोयल्स#आनन्दप्रसाद पोखरेल
समाचार भिडियो

प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्छु : आईजीपी थापा

‘पहुँचको होइन, पद्धतिको थिति बसाल्ने प्रयास गर्नेछु’
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्छु : आईजीपी थापा
काठमाडौं, चैत ५ :

नवनियुक्त प्रहरी महानिरीक्षक दीपक थापाले प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

प्रहरीमा २९ वर्ष ६ महिना सेवा गरेपछि प्राप्त उच्च पद आफ्ना लागि केवल गौरवको मात्र नभएर गम्भीर जिम्मेवारी बोध भएको उनको भनाइ छ । ‘प्रहरी कर्मचारीप्रति पूर्वाग्रह नराखी काम गर्नेछु,’ गृह मन्त्रालयमा मंगलबार आयोजित दर्ज्यानी चिह्न सुशोभन समारोहमा उनले भने ।

उनले पद्धतिको थिति बसाल्न आफूले उच्च प्रयास गर्ने पनि जनाए । ‘प्रहरी संगठनमा पहुँचको हैन पद्धतिको थिति बसाल्न प्रयास गर्नेछु,’ उनले भने ।

समाजको आवश्यकताको उपज प्रहरी भएको उल्लेख गर्दै आईजीपी थापाले संगठनभित्रको कमजोरी लुकाएर सुधार नहुने बताए । प्रहरीमा सुधारका लागि साइत नहेर्ने  पनि उनको भनाइ छ । उनले भने, ‘सुधारको प्रारम्भ आफूबाटै गर्नेछु ।’

कार्यक्षमताको उचित मूल्यांकन गरेर वृत्ति विकास र पदोन्नतिको समयमा प्रहरी कर्मचारीले कुनै पीडा भोग्न नपर्ने गरी काम गर्ने पनि आईजीपी थापाले बताए । ‘पदोन्नति हुनेबेला प्रहरी कर्मचारीले पीडा नपरोस् भन्नेमा विश्वास दिलाउन चाहन्छु,’ उनको प्रतिबद्धता थियो ।

गृह मन्त्रालयमा मंगलबार आयोजित समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न (फुली) लगाइदिएका थिए ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले एआईजी थापालाई आईजीपीमा नियुक्त गरेको हो । थापा प्रहरीको ३१औं आईजीपी बन्न सफल भएका छन् ।

उनीसँगै आईजीपी हुने प्रतिस्पर्धामा सुदीप गिरी र टेकबहादुर तामाङ थिए । तीन प्रतिस्पर्धीमध्ये वरीयतामा थापा १ नम्बरमा थिए । २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गरेका थापा करिब ६ महिना आईजीपीको पदमा रहनेछन् ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार