बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

निरन्तर किन घट्दै छ सेयर बजार ?, ४ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, ५ चैत, २०८१ मा प्रकाशित
निरन्तर किन घट्दै छ सेयर बजार ?, ४ अर्बको कारोबार
काठमाडौं, चैत ५ :

सेयर बजार यो साता लगातार तेस्रो दिन पनि ओरालो लागेको छ । आज (मंगलबार) नेप्से ७.६६ अंकले घटेर २,६९७.०४ विन्दुमा रोकिएको छ । आज ३१३ कम्पनीका ८२ लाख ३७ हजार नौ सय दुई कित्ता सेयर किनबेच भएका छन् । जसमा ५० हजार आठ सय ३४ पटक खरिदबिक्री हुँदा चार अर्ब ३४ करोड ६६ लाख ३२ हजार रुपैयाँबराबरको कारोबार भएको छ ।

आज अन्य समूहको उपसूचक ०.११ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक भने ओरालो लागेको छ । बैंकिङ समूह ०.१४, विकास बैंक ०.४२, वित्त ०.१७, होटेल तथा पर्यटन ०.३६, जलविद्युत् ०.१७, लगानी ०.४२ र जीवन बिमा समूह ०.७० प्रतिशतले घटेको हो ।

त्यसैगरी, उत्पादन तथा प्रशोधन ०.२३, लघुवित्त ०.३१, म्युचुअल फन्ड ०.३७, निर्जीवन बिमा ०.५४ र व्यापार समूह ०.६६ प्रतिशतले घटेको छ ।

आजको कारोबारमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य सबैभन्दा धेरै ९.९६ र प्रतिशतले बढेको छ । सबैभन्दा धेरै घट्नेमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै हिमालयन री-इन्स्योरेन्स लिमिटेडको ३२ करोड ११ लाख १७ हजार आठ सय ९२ रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा धेरै घलेम्दी हाइड्रो लिमिटेडको सात लाख ६८ हजार पाँच सय ४३ कित्ता सेयर किनबेच भएको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार