
फाइल तस्बिर।
२५ करोड रुपैयाँ भन्दा बढी नगदसहित टोखाबाट सोमबार पक्राउ गरिएका फुच्चे भनिने कुसाङ लामालाई राजस्व अनुसन्धान विभाग पठाइएको छ ।
डलर र युरो गरेर २५ करोड रुपैयाँभन्दा बढी नगदसहित पक्राउ परेका ट्रक चालक सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिका १ का ४३ वर्षीय लामालाई प्रहरीले राजस्व अनुसन्धान विभागमा बुझाएको हो ।
लामामाथि राजस्व छली तथा विदेशी मुद्राको कारोबार गरेको कसुरमा उच्च अदालत पाटनबाट म्याद लिएर विभागले अनुसन्धान गर्ने भएको छ ।
चालकको सिटमाथि फल्स बटम बनाएर लुकाएको अवस्थामा २५ करोड बढी रकमसहित काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले टोखाको झोरबाट लामालाई पक्राउ गरेको थियो ।
बरामद गरिएको युरो, डलर पनि पठाइएको छ । डलर सुन खरिदका लागि चीन जान लागेको प्रहरीले दाबी गरेको छ । पक्राउ परेका चालकले भने एक चिनियाँ नागरिकले सामाखुसीमा ल्याएर दिएको दाबी गरेका छन् । उनको भनाइलाई पुष्टि हुने थप आधारहरू नभेटिएको प्रहरीले जनाएको छ ।
