बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव, एक- दुई स्थानमा हल्का वर्षाको सम्भावना
काठमाडौँ, चैत ७ :

देशमा पश्चिमी  वायुको साथै स्थानीय  वायुको समेत आंशिक  प्रभाव रहेको छ । 

हाल देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ ।

कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी भू- भागका एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । 

गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार