
काठमाडौं, चैत ७ :
प्रतिनिधि सभाको बैठक संसद् भवन नयाँ बानेश्वरमा बसिरहेको छ । बैठकमा प्रधानमन्त्री केपी ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम तय भएक छ ।
बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल र निर्णयका लागि प्रस्तुत गर्ने कार्यसूची छ ।
यस्तै अर्थमन्त्री पौडेलले निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि दफावार छलफलका लागि प्रस्ताव प्रस्तुत गर्ने पनि बैठकको कार्यसूची छ ।