बिहीबार, ५ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी #कालीगण्डकी कोरिडोर#बाढीले ग्रतिग्रस्त#सभापति गगनकुमार थापा#साउदी अरब#हानिनोक्सानी कोष#विश्व पोलियो दिवस#मेगा पोलियो साइकल -याली#पुनः वर्षाको सम्भावना#त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल#विदेसिने युवाको लर्को#निःशुल्क बस सेवा#युवा चेस च्याम्पियनसिप#फरार कैदी#लमजुङमा समातिए#आगलागी
अर्थतन्त्र सेयर बजार

१३ अंकले घटेको नेप्से २,६६९ विन्दुमा रोकियो, साढे ४ अर्बको कारोबार

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · बिहीबार, ७ चैत, २०८१ मा प्रकाशित
१३ अंकले घटेको नेप्से २,६६९ विन्दुमा रोकियो, साढे ४ अर्बको कारोबार
काठमाडौं, चैत ७ :

साताको अन्तिम कारोबार दिन (बिहीबार) नेप्से १२.८४ अंकले घटेको छ । योसँगै नेप्से २,६६९.३१ विन्दुमा रोकिएको छ ।

अघिल्लो दिन (बुधबार) ५ अर्ब १४ करोडको कारोबार भएकामा आज ४ अर्ब ५६ करोड १३ लाख ११ हजार २८२ रुपैयाँको मात्र कारोबार भयो ।

यस दिन कारोबार भएकामध्ये २५ प्रतिशत कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको मूल्य बढ्दा १७५ को घट्यो भने ७ कम्पनीको सेयर मूल्य भने स्थिर रह्यो । आज जीवन ट्रेडिङ समूहको सेयर मूल्य ०.२६ प्रतिशतले बढ्यो । जीवन बिमा समूह सबैभन्दा धेरै ०.०४ प्रतिशत घट्यो ।

नेप्सेमा आज दोल्ती पावरको मूल्य सबैभन्दा धेरै ६.९० प्रतिशत बढ्यो । त्यस्तै एसियन हाइड्रोपावरको ५.६०, सिन्धु विकास बैंकको ५.४, गार्डियन माइक्रोलाइफ इन्स्योरेन्सको ४.८२ प्रतिशत बढ्यो ।

मिथिला लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा आज नेपाल पुनर्बिमा, हिमालयन री-इन्स्योरेन्स, सिन्धु विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावार र घलेम्दी हाइड्रोपावर क्रमशः अगाडि रहे । यसैगरी बढी रकम कारोबार गर्ने कम्पनीको सूचीमा नेपाल पुनर्बिमा कम्पनी पहिलो स्थानमा परेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार