काठमाडौं, चैत ७ :

प्रतिनिधिसभाको बिहीबारको बैठकले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक बहुमतले पारित गरेको छ ।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलले प्रस्तुत गरेको ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएसँगै उक्त उक्त विधेयक पारित भएको हो ।

विधेयकमाथि सांसदहरूले संशोधन प्रस्ताव राखेका थिए ।  अब यस विधेयकलाई छलफलका लागि राष्ट्रिय सभामा पठाइनेछ ।