
चितवन, चैत ९ :
चितवनकाे खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रमा रिमझिमकलीले छावा जन्माएकी छन् । रिमझिमकलीले गएराति पहिलो सन्तान जन्माएकी केन्द्रका प्रमुख मणिपुरण चौधरीले बताए ।
छावाको नामकरण बाह्रौँ दिनमा गरिने उनले बताए । केन्द्रमा तमोरकली, तीर्थमानकली, लोकन्त्रकली र चितवनकली गर्भवती छन् ।
हाल प्रजनन केन्द्रमा नौवटा ढोइ छन् भने १० वटा छावा छन् । तीमध्ये ६ वटाले तालिम पाइसकेका छन् । तालिम लिएका चार भाले र दुई पोथी हुन् ।