सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

आज विश्व मौसम विज्ञान दिवस मनाइँदै, पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनेमा जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
आज विश्व मौसम विज्ञान दिवस मनाइँदै, पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउनेमा जोड
काठमाडौँ, चैत १० :

आज विश्व मौसम विज्ञान दिवस हो ।  जलवायुसम्बन्धी समस्याबाट समाजलाई सुरक्षित राख्न चेतनामूलक गतिविधिका साथ यो दिवस आज विश्वभर मनाइँदै छ ।

सन् १९५० मा विश्व मौसम विज्ञान सङ्गठन स्थापना गर्ने महासन्धि लागू भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो । 

प्रारम्भमा जल र जल उत्पन्न प्रकोप नियन्त्रणलगायत विषयमा केन्द्रित रहेर सचेतनाका कार्यक्रम हुँदै आएकामा विगत केही दशकयता जलवायु परिवर्तन र त्यसले मानव सभ्यता र यो विश्वलाई नै प्रभाव पार्ने सङ्कटपूर्ण परिस्थिति उत्पन्न भएको सन्दर्भमा संयुक्त राष्ट्रसङ्घले यो वर्ष जलवायुजन्य समस्या समाधान गर्न पूर्वसूचना प्रणालीलाई सुदृढ बनाउने र जोखिम घटाउन सूचना प्रवाहमा जोड दिएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार