काठमाडौं, चैत १० :

शुद्ध खानेपानीलाई थप व्यवस्थित बनाउन ‘जिरो बी ब्रान्ड’ ले आफ्नो उत्पादन सार्वजनिक गरेको छ ।

काठमाडौंमा एक कार्यक्रममार्फत खानेपानीमन्त्री प्रदीप यादवले जिरो बी ब्रान्डको उद्घाटन गरे । कार्यक्रममा नेपालभरका प्रमुख होटेल व्यवसायी, उद्योगपतिका साथै व्यापारीको सहभागिता थियो ।

हरेक घर र व्यवसायका लागि शुद्ध खानेपानीमा आधारित भई करिब चार दशकदेखि काम गरिरहेको जिरो बी ब्रान्ड भारतको आओन एक्चेन्ज इन्डिया लिमिटेडको प्रमुख उत्पादन हो ।