गत साता निरन्तर ओरालो लागेको सेयर बजार यो साताको पहिलो कारोबार दिन (आइतबार) पनि उच्च अंकले पहिरो गएको छ । नेप्से आज ५४.६२ अंकले घटेर २,६१४.६८ को विन्दुमा रोकिएको छ । यो २.०४ प्रतिशतको गिरावट हो ।
आज ३१७ कम्पनीको एक करोड २३ लाख ७१ हजार दुई सय ८० कित्ता सेयर ७२ हजार दुई सय ६५ पटक खरिद बिक्री भए । जसअनुसार ६ अर्ब ३२ करोड एक लाख ४१ हजार बराबरको कारोबार भएको छ ।
आजको कारोबारमा बैंकिङ समूह १.४७, विकास बैंक २.४२, वित्त २.९९, होटेल तथा पर्यटन २.२३, जलविद्युत् २.३३, लगानी २.०५ र जीवन बिमा समूह १.८५ प्रतिशतले घटेको छ ।
यसैगरी उत्पादन तथा प्रशोधन १.४६, लघुवित्त २.३६, म्युचुअल फन्ड ०.६४, निर्जीवन बिमा २.०७, व्यापार २.८५ र अन्य समूह १.७६ प्रतिशतले घटेको छ ।
कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्य सबैभन्दा बढी ८.७२ प्रतिशतले बढेको छ । बढी घट्नेमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी हिमालयन री-इन्स्योरेन्स लिमिटेडको ४२ करोड ६ लाख ३४ हजार ९८१ रुपैयाँबराबरको कारोबार भएको छ ।
कारोबार भएका सेयर संख्याका आधारमा सबैभन्दा बढी घलेम्दी हाइड्रो लिमिटेडको चार लाख ५४ हजार ३७१ कित्ता सेयर किनबेच भएका छन् ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
थप समाचार
बाढीबाट क्षतिग्रस्त कालीगण्डकी कोरिडोरको पुनःनिर्माणमा बजेटको कमी हुन नदिने : पूर्वाधार विकासमन्त्री लम्साल
साउदी अरबमा नेपालीको मृत्यु भएको घटनाप्रति कांग्रेसद्वारा दुःख व्यक्त
बाढी प्रभावितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि हानिनोक्सानी कोषबाट नेपाललाई तीन अर्ब अनुदान