शनिबार, ७ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार

महानगरका १८ वडाध्यक्षले गरे मेयरसँग कार्यपालिका बैठकको माग

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १० चैत, २०८१ मा प्रकाशित
महानगरका १८ वडाध्यक्षले गरे मेयरसँग कार्यपालिका बैठकको माग
काठमाडौं, चैत १० :

काठमाडौं महानगरका वडाध्यक्षहरूले मेयर बालेन्द्र शाह(बालेन) सँग कार्यपालिका बैठकको माग गरेका छन् । मेयर शाहलाई आइतबार १८ जना वडाध्यक्ष र ६ जना कार्यपालिका सदसयसहित २४ जनाले संयुक्त हस्ताक्षर गर्दै ज्ञापन पत्र बुझाएर कार्यपालिका बैठक माग गरेका हुन् ।

आम नागरिकको योजनाअनुसार विकास निर्माणका काम सुरु हुन नसकेको भन्दै उनीहरुले समाधान कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल गर्न कार्यपालिका बैठक माग गरेका हुन् ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा   शिक्षक र कर्मचारीले तलब पाउन नसकेको शाहको सचिवालयका सुरेन्द्र बजगाईंले बताए । कार्यपालिका बैठक नहुँदा महानगरमा आर्थिक संकट छाएको छ । बैठकले समस्या समाधानको उपायसमेत निकाल्ने उनीहरुले विश्वास समेत व्यक्त गरेका छन् ।

 

 

baithak-mag

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार