सोमबार, ९ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
समाचार प्रदेश लुम्बिनी प्रदेश

दाङमा गए रातिदेखि प्लाई उद्योगमा आगलागी, निभाउने प्रयास जारी

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
दाङमा गए रातिदेखि प्लाई उद्योगमा आगलागी, निभाउने प्रयास जारी
दाङ, चैत ११ :

घोराही उपमहानगरपालिका- ९ खैरास्थित साङ्ग्रिला प्लाई उद्योगमा आगलागी भएको छ । 

गए राति करिब २ बजेदेखि सुरु भएको आगो अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन । 

प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालले आगो निभाउन जिल्लाका सबै ठाउँबाट दमकल र टयाङ्कर ल्याएर आगो निभाउने प्रयास भइरहेको जानकारी दिए । नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीयवासी आगो निभाउने कार्यमा खटिएका छन् । 
 
आगलागी भएको क्षेत्र नजिकै बस्ती रहेकाले त्यहाँका नागरिकलाई घरबाट बाहिर निकाली बस्ती जोगाउने काम भइरहेको प्रजिअ लम्सालले बताए । उनले बाँके र रुपन्देही जिल्लाबाट समेत दमकल मगाएको बताए । आगलागीको कारण खुल्न सकेको छैन । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार