काठमाडौँ, चैत ११ :

गिट्टी लोड गरेर रामेछाप जाँदै गरेको टिपर काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर- ९ स्थित भण्डारीवेशीमा दुर्घटना भएको छ । 

गएराति सिन्धुलीको आँपघारीबाट रामेछाप तर्फ जाँदै गरेको बा.५ ख १३५ नम्बरको टिपर दुर्घटना हुँदा चालक काभ्रेको भुम्लु गाउँपालिका- १० का इन्द्र माझी घाइते भएका छन् ।

टिपर उकालोमा ब्रेक फेल भएर सुनकोशी नदीमा खसेको इलाका प्रहरी कार्यालय मंगलटारले जनाएको छ ।