शनिबार, ३१ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की #मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण#सभापति गगनकुमार थापा#सिकाली जात्रा#मधेस सरकार#एमाले बाहिरियो#नियमित प्रेस ब्रिफिङ#प्रधानमन्त्री कार्यालय#प्रहरी महानिरीक्षक दानबहादुर कार्की
राजनीति

प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · सोमबार, ११ चैत, २०८१ मा प्रकाशित
प्रमुख तीन दलका शीर्ष नेताहरुबीच सिंहदरबारमा छलफल
काठमाडौं, चैत ११ :

संक्रमणकालीन न्यायबारे प्रमुख तीन दलका शीर्ष नेताहरुबीच छलफल भएको छ । 

प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्य भएको छलफलमा प्रधानमन्त्री एव‌ं नेकपा एमालेका अध्यक्ष केपी ओली, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित ती दलका अन्य नेताहरुको उपस्थिति रहेको छ ।

थाती रहेको संक्रमणकालीन न्यायमाथिको विवाद टुंग्याउने गरी दलहरुबीच छलफलमा जुटेका हुन् । 

बैठकमा  राजावादीहरुको प्रदर्शन र पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियता लगायतकाबारेमा पनि  छलफल हुने बुझिएको छ ।

छलफलमा गृहमन्त्री रमेश लेखक, प्रधानमन्त्रीका मानव अधिकार तथा संक्रमणकालीन न्याय सल्लाहकार अग्नि खरेल,  माओवादीका उपमहासचिव शक्ति बस्नेत र नेता खिमलाल देवकोटा सहभागी छन्।   

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार