आइतबार, १ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण #विमल घर्तीमगर#न्न्यासको घोषणा#विश्वकप लिग-२ शृङ्खलाः#नेपाल पराजित#फूलपाती#हनुमानढोका दरबार#सभापति गगनकुमार थापा#मन्त्रिपरिषद्को कार्यालय#आईटी विज्ञ चाहियो#भारतमा प्रदर्शन#शुक्र अस्त#दसैँका कर्म रोकिँदैन#पञ्चाङ्ग निर्णायक विकास समिति#कार दुर्घटना#चालकको मृ*त्यु#अध्यादेश जारी#शपथग्रहण
समाचार

सुक्खा पहिरोले अवरुद्ध बेसीसहर- चामे सडक सञ्चालन 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
सुक्खा पहिरोले अवरुद्ध बेसीसहर- चामे सडक सञ्चालन 
मनाङ, चैत १२ :

सुक्खा पहिरो खसेर अवरुद्ध भएको मनाङलाई जोड्ने एक मात्र स्थलमार्ग बेसीसहर- चामे सडक सञ्चालनमा आएको छ ।

सोमबार दिउँसो लमजुङको मर्स्याङ्दी गाउँपालिका- ४ च्याम्चेको अक्टोपस झरना नजिकै बक्स कटिङ क्षेत्रमा सुक्खा पहिरो खसेर सडक अवरुद्ध भएको थियो ।

सडकमा खसेको पहिरो पाँच घण्टाको निरन्तर प्रयासपछि साँझबाट सञ्चालनमा आएको प्रमुख जिल्ला अधिकारी मातृका आचार्यले जानकारी दिए । पहिराले पूर्ण रूपमा बन्द हुँदा आवागमन रोकिएकाले यात्रु, पर्यटक तथा स्थानीयवासी प्रभावित भएका थिए ।

डुम्रे- बेसीसहर- चामे सडक आयोजना कार्यालयका सब-इञ्जिनियर सुमन अधिकारीले स्थानीयवासी, प्रहरी, जिल्ला प्रशासन तथा आयोजनाका कर्मचारीको लामो प्रयासपछि सडक सञ्चालन भएको बताए । उनका अनुसार पहिरो हटाइएपछि सडक अवरोधमा परेका यात्रु गन्तव्यस्थल गएका छन् । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार