चैत १२ :

न्युजिल्यान्डमा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको तीव्रता रेक्टर स्केलमा ६ दशमलव ५ मापन गरिएको छ । 

भूकम्प न्युजिल्याण्डको साउथ आइल्यान्डको पश्चिमी तटमा भएको  राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पबाट कतिपय भवनहरूमा क्षति पुगेको भए पनि मानवीय क्षतिको विवरण भने सार्वजनिक भएको छैन ।