बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कुलमानलाई बर्खास्त गरेको विरोधमा काठमाडौंमा प्रदर्शन, प्राधिकरण वरपर सुरक्षाकर्मी तैनाथ

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
कुलमानलाई बर्खास्त गरेको विरोधमा काठमाडौंमा प्रदर्शन, प्राधिकरण वरपर सुरक्षाकर्मी तैनाथ
काठमाडौं, चैत १२ :

सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई बर्खास्त गरेपछि त्यसको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ।

विशेषगरी विपक्षी दलका विद्यार्थी संगठनहरुले विरोध प्रदर्शन थालेका हुन् ।  नेकपा माओवादी र नेकपा एकीकृत समाजवादीनिकट विद्यार्थी संगठनहरुले आज बिहान काठमाडौंको प्रदर्शनी मार्गमा विरोध प्रदर्शन गरेका छन्। उनीहरुले सरकारविरुद्ध चर्को नारा लगाउँदै ऊर्जामन्त्री दिपक खड्काको पुतला दहन गरेका छन्। 

यस्तै कुलमानको पक्षमा प्रदर्शन सुरु भएपछि विद्युत प्राधिकरण कार्यालय परिसरमा ठुलो संख्यमा प्रहरी तैनाथ गरिएको छ ।आज दिउँसो पनि विभिन्न संघसंघठनहरुले त्यस वरपर विरोध प्रदर्शनको कार्यक्रम राखेका छन् ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक पदमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार