आइतबार, २५ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान #घटस्थापना#बडादसैँको पहिलो दिन#एआईजी वशीराज दाहाल#बर्खास्त#ग्यासका सिलिन्डर#सट्टापट्टा#विपद्सम्बन्धी अध्यादेश#डा. श्रवणकुमार साह#प्रमुख प्रशासकीय अधिकृत#कागेश्वरी मनोहरा नगरपालिका#गलौदीमा सडक भासियो#सभापतिको मतगणना आजै#विद्युत आपूर्ति प्रभावित हुने#अखिल नेपाल फुटबल सङ्घ#पदाधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा#नेपाली कम्युनिष्ट पार्टी#राष्ट्रिय जागरण अभियान
समाचार कला

कुलमानको बर्खास्तीप्रति कला क्षेत्र पनि आक्रोशित, कसले के भने ?

कुलमानलाई पुनः फर्काउन माग
सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
कुलमानको बर्खास्तीप्रति कला क्षेत्र पनि आक्रोशित, कसले के भने ?
काठमाडौं, चैत १२ :

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बर्खास्तीपछि राजनीतिक क्षेत्रसँगै कला क्षेत्र पनि आक्रोशित भएको छ। हास्यकलाकारदेखि गायिका र अभिनेता, सबैले कुलमानको बर्खास्तीलाई अन्याय ठान्दै सरकारप्रति विरोध जनाएका छन्।

मंगलबार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया जनाउँदै हास्य कलाकार हरिवंश आचार्यले कुलमानलाई हटाउनु हुँदैनथियो भन्दै सरकारको आलोचना गरेका छन्। आचार्यले कुलमानसँगको तस्बिर सेयर गर्दै  भनेका छन्, ‘कुलमान नेपाली कुलकै उज्यालो हुन्। अन्धकार बनाउन हुँदैन थियो।’

यस्तै अर्का हास्यकलाकार मनोज गजुरेलले सर्वसाधारणको नजरमा कुलमान लोकप्रिय रहेको र रहिरहने बताएका छन्।

यस्तै, अभिनेता निश्चल बस्नेतले कुलमानको हटाइले नेपाली जनतालाई दुःखी बनाएको र भ्रष्टाचारको विरोध गर्दै सरकारको पतन हुने चेतावनी दिएका छन्।

हास्यकलाकार केदार घिमिरे ‘माग्ने बूढा’ले पनि कुलमानलाई हटाएकोप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीप्रति व्यङ्ग्य गर्दै उनले कुलमानलाई भुलेर आफ्नो सालोलाई पालो भनेका छन् ।

अभिनेत्री स्वस्तिमा खड्काले कुलमानको तस्बिरलाई फेसबुक पेजमा सेयर गरेर उनले लेखेकी छन्,’ गणतन्त्र!

लोकदोहोरी गायक पशुपति शर्माले पनि कुलमान हटाइएकोमा विरोध गरेका छन्। गायिका रचना रिमाल र शर्माले पनि लोडसेडिङको समस्या समाधान गर्ने नेता भएर कुलमानलाई पुनः फर्काउन माग गरेका छन्।

आफ्ना विचार राख्दै अन्य कलाकारहरूले पनि कुलमानको कार्यकालको महत्वपूर्ण भूमिका र प्राधिकरणमा उनका योगदानलाई सम्मान गर्दै उनको बर्खास्तीको विरोध गरेका छन्।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार