काठमाडौं, चैत १२ :
नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वऊर्जामन्त्री जनार्दन शर्माले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई हटाएर सरकारले ठूलो गल्ती गरेको बताएका छन् ।
संसद्को सार्वजनिक लेखा समितिको मंगलबार बसेको बैठकमा उनले आफूले योग्य मान्छे छानेर प्राधिकरणको नेतृत्वमा पठाएको दाबीसमेत गरे ।
‘विद्युत् प्राधिकरणको एमडीले काम गर्न नसकेको आरोप रहेछ । यो कुरा कसैले पत्याउँदैन । सरकारलाई अनुरोध गर्न चाहन्छु, यो निर्णय सच्याओस्,’ उनले भने, ‘मैले बजारबाट योग्यतम् मान्छे छानेर बनाएँ । सरकारले ठुलो गल्ती गर्यो । भोलि पश्चाताप हुनेछ ।’
घिसिङलाई हटाउने निर्णय सरकारले नसच्याए पश्चाताप हुने उनको भनाइ छ ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनता र पार्टीलाई जोड्न मंसिर महिनाभरि देशव्यापी अभियान सञ्चालन गर्छौं : सभापति थापा
बार एसोसिएसनले भन्यो- न्यायपालिकाको नेतृत्व र न्यायाधीशको आचरणमाथि प्रश्न उठेको विषयमा छानबिन होस्
प्रधानन्यायाधीश शर्माको स्पष्टोक्ति : मलाई जोडेर लेखिएको समाचार भ्रामक