बिहीबार, १२ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
राजनीति

कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गर्नुपर्नेमा जोड

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · मंगलबार, १२ चैत, २०८१ मा प्रकाशित
कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी काम गर्नुपर्नेमा जोड
काठमाडौँ, चैत १२ :

उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले कम स्रोतबाट धेरै नागरिक लाभान्वित हुने गरी विकास निर्माणका काम गर्नुपर्ने बताएका छन् । 

नगर विकास कोषले आज गरेको ‘सहरी पूर्वाधारः प्राथमिकता तथा वित्त व्यवस्थापन’ कार्यशालामा उनले त्यसका लागि सङ्घीयतालाई बलियो बनाउन सङ्घ र स्थानीय सरकारबीचको सम्बन्ध सुमधुर हुनुपर्नेमा जोड दिए । 

उपप्रधानमन्त्री सिंहले परिवर्तित सन्दर्भमा नगर विकास कोषले नगरपालिकाको भौतिक पूर्वाधार विकासमा उपयुक्त कार्यक्रमका विषयमा छलफल गर्न कार्यशाला उपयोगी हुने विश्वास व्यक्त गरे ।

सहरीकरणका लागि हाल देखिएको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको भन्दै उनले नागरिकको जीवन र जीविका सहज बनाउने कुरा नै सरकारको प्राथमिकतामा रहेको बताए । 

कार्यक्रममा देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । त्यस क्रममा जनप्रतिनिधिहरूले हाल भोगिरहेका समस्या र वित्त व्यवस्थापनका चुनौतीबारे धारणा राखेका थिए ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार