काठमाडौँ, चैत १३ :

देशमा पश्चिमी वायु तथा स्थानीय  वायुको आंशिक प्रभाव रहेको  छ । 

हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू- भागको  मौसम मुख्यतया सफा रहेको छ । 

आज दिउँसो देशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागको एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती  कोशी प्रदेश,  गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ ।