
काठमाडौँ, भदौ १० :
नेपाली बजारमा आज सुनको मूल्य एक हजार रुपैयाँले बढेको छ।
आज छापावाल सुन प्रतितोला एक लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।
शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ५१ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य प्रतितोला ३५ रुपैयाँले बढेर एक हजार आठ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।