काठमाडौं, चैत १३ :

नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य र निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङ पनि सर्वोच्च अदालत पुगेका छन् । 

नवनियुक्त कार्यकारी निर्देशक शाक्य बुधबार आफ्नो पुरानो मुद्दा टुंग्याइदिन माग गर्दै अदालत पुगेका हुन् भने घिसिङ पनि सरकारको निर्णय बदर गरी तत्काल कामकारबाही गर्न दिनू भनी अन्तरिम आदेशको माग गर्न पुगेका हुन् ।

शाक्यलाई पनि प्रचण्ड नेतृत्वको सरकारले अहिले ओली नेतृत्वको सरकारले घिसिङलाई हटाए जसरी नै हटाएका थिए । त्यसविरुद्ध उनी अदालत पुगेका थिए । उनको मुद्दाको अहिलेसम्म पनि टुंगो लागिसकेको छन् । 

२०७८ साल भदौ १ मा आफूले सर्वोच्च अदालतमा हालेको रिट निवेदनको विषय छिट्टै टुंग्याइदिन भन्दै आफूले सर्वोच्चमा रिट हालेको शाक्यले बताए । यसर्थ घिसिङ र शाक्यको पिरमर्का एकै किसिमको छ ।  दुवै जनाको मुद्दा टुंगो सर्वोच्चले कसरी लगाउँछ त्यो भने हेर्न बाँकी छ ।

र यो पनि…

आफूलाई बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान पुगे सर्वोच्च