सिरहा, चैत १४ :

सिरहाको औरही गाउँपालिका- ५ मा महायज्ञका नाममा भत्काइएको दलित परिवारको घर मधेश प्रदेश सरकारले बनाइदिने भएको छ ।

दीपक मल्लिकको घर प्रदेश सरकारले बनाइदिने भएको हो । प्रदेश सरकारले मदन भण्डारी आवास कार्यक्रमबाट दीपकको घर बनाइदिन लागेको हो ।

मधेश प्रदेश सरकारको पाँच लाख ६० हजार बजेटमा निर्माण हुने उक्त घर शौचालय र भान्सासहित दुई कोठाको हुनेछ । घर निर्माण एक साताभित्रै सुरु गर्न आफूले सम्बन्धित निकायलाई निर्देशन दिइसकेको मुख्यमन्त्री सतिशकुमार सिंहले जानकारी दिए ।

यसअघि मंगलबार दीपक आवासको बन्दोबस्त गरिदिन माग गर्दै दलित अगुवाहरुसहित मुख्यमन्त्री सिंहलाई जनकपुर पुगेर भेटेका थिए ।