शनिबार, १४ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन #घर र गोठमा क्षति#डोल्पा कारागार#कैदी फरार#पर्यटकीय गतिविधि प्रभावित#प्रतिकूल मौसम#बेनी-दरवाङ सडक अवरुद्ध#कोप-३१ को तयारी#मौसममा सुधार हुने#सबै पत्रकार रिहा#कागेश्वरी मनोहरा#काठमाडौंमै तेस्रो स्थानमा#वार्षिक स्वास्थ्य समीक्षा#पाँच सय कन्टेनर थन्किए#प्रधानमन्त्रीको सचिवालय#तत्काल रिहा गर्न प्रधानमन्त्रीको निर्देशन
समाचार मनाेरञ्जन

पश्चिम तराईमा सन्तानको कामना सहित तीनछठ्ठी पर्व मनाइँदै

· आइतबार, १० भदौ, २०८१ मा प्रकाशित
पश्चिम तराईमा सन्तानको कामना सहित तीनछठ्ठी पर्व मनाइँदै
रूपन्देही , भदौ १० :

पश्चिम तराईमा सन्तानको दीर्घायुको कामनासहित आज तीन छठ्ठी पर्व मनाइँदैछ । भैरहवा र आसपासका क्षेत्रहरू धकधई, बेथरी, मर्चवार लगायत स्थानका महिलाहरूले व्रत बसेर यो पर्व मनाइरहेका छन् । 

श्री कृष्ण जन्माष्टमीको अघिल्लो दिन मनाइने यो पर्व विशेषतः कुशको पूजा गरी सुरु हुन्छ । महुवाको पातमा महुवाको फल, दही, तिन्नीको चामललगायत राखी महिलाहरू सामूहिक रुपमा धार्मिक स्थलमामा गई कुशको पूजा गर्ने गर्दछन् । त्यसपछि सन्तानलाई दही, तिन्नीको चामल, महुवाको पल लगायतको टिका लगाई प्रसाद खान दिन्छन् ।  

उनीहरूले दिउँसो सामूहिक रुपमै विभिन्न कथा श्रवण गर्ने र तिन्नीको चामलले पकाएको भात खाने गरेका छन् । व्रतमा प्राकृतिक फलफूल, पकवानहरु, दही, महुवा, साग र तिन्नीको भातलगायत सामग्री प्रसादका रुपमा ग्रहण गर्ने चलन छ ।

यो व्रतमा महुवाकै दातुनले दाँत माझ्ने गरिन्छ । यसै तिथिमा भगवान् श्री कृष्णको दाजु बलरामको जन्मोत्सव मनाउने परम्परा रहेकाले खेतमा उब्जिएको वा हलोले जोतेर उब्जाएको कुनै अन्न खानु हुँदैन भन्ने मान्यता रहेको छ ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार