काठमाडौँ, चैत १५ :

हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको  छ। 

बिहान कोशी प्रदेश र गण्डकी  प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागको मौसम मुख्यतया सफा रहेको छ।

आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहनेछ । 

कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागको एक- दुई स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको साथै उक्त प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

लुम्बिनी प्रदेश लगायत सुदूरपश्चिम प्रदेशको तराईका केही भू- भागमा हावाहुरीको पनि सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यस्तै, राती सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू- भागमा आंशिक बदली रही बाँकी भू- भागमा मौसम मुख्यतया सफा रहने मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ । 

कोशी प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक- दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।