
काठमाडौँको नागार्जुनमा सबारीसाधन दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
नागार्जुन नगरपालिका- ७ स्थित बिन्दवासिनी सडकखण्डमा स्विट्जरल्याण्ड पार्कबाट कलङ्की तर्फ आउँदै गरेको प्र०१- ०२५ च ९२४३ नम्बरको जिपमा विपरीत दिशाबाट गइरहेको बाप्र ०२- ०१७ प १०९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा दुर्घटना भएको हो ।
दुर्घटनामा परी दोलखा शैलुङ्गेश्वर नगरपालिका- ६ घर भई हाल काठमाडौँ महानगरपालिका- १३ छाउनी बस्ने २० वर्षीय सजन सुवेदीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।
शनिबार दुर्घटना भई गम्भीर घाइते भएका सुवेदीको कलङ्कीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।
फरार रहेका गाडी चालक सुनसरी घर भई हाल काठमाडौँको नैकाप बस्ने ४३ वर्षीय जगत बहादुर मगरलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनुभयो ।