उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सिमाना जोडिएको उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकामा पाँच शय्याको आधारभूत अस्पताल भवन निर्माण सम्पन्न भएको छ ।
सङ्घीय सरकारको एकीकृत स्वास्थ्य पूर्वाधार विकास कार्यक्रमअन्तर्गत लोमान्थाङ गाउँपालिकाको सहलगानीमा आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण गरिएको हो ।
उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवा पुर्याउने गरी आर्थिक वर्ष २०७८- ७९ को २४ जेठमा डाँफे- हरि- सन्त जेभी कन्ट्रक्सनसँग पूर्वाधार निर्माणको ठेक्का सम्झौता गरिएको थियो । सम्झौता अवधि दुई वर्ष रहेको लोमान्थाङस्थित आधारभूत स्वास्थ्य सेवा पूर्वाधार निर्माण चल्दै गर्दा कोरोना माहामारी र प्रतिकूल मौसमलगायत कारण तोकिएको समय सम्पन्न हुन नसकेको हो । ठेक्का सम्झौताअनुसार आव २०८०- ८१ को २३ जेठमा सकिनुपर्ने थियो ।
लोमान्थाङ-५ स्थित लोमान्थाङ बजारको तल करिब एक किलोमिटर दूरीको क्षेत्रमा आधारभूत सत्ताइस कोठे स्वास्थ्य पूर्वाधार भवन निर्माण सम्पन्न भएको हो । आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवन सात करोड १९ लाख लागतमा निर्माण सम्पन्न गरिएको गाउँपालिकाका निमित्त कार्यालय प्रमुख विकास केसीले जानकारी दिए ।
निमित्त प्रमुख केसीले लोमान्थाङमा निर्माण सम्पन्न भएको आधारभूत स्वास्थ्य सेवा पूर्वाधार भवनमा विशेषज्ञ चिकित्सकसहितको सेवा प्रवाह गर्ने उद्देश्यले शल्यक्रिया कक्ष, एक्सरे कक्ष, ल्याब कक्ष, प्रसूति कक्ष, फार्मेसी कक्षलगायत चिकित्सक तथा स्वास्थ्यकर्मी बस्ने आवास कोठा निर्माण भएको जानकारी दिए ।
लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले उपल्लो मुस्ताङका नागरिकलाई आधारभूत स्वास्थ्य सेवाको सुविधा पुर्याउन आधारभूत स्वास्थ्य सेवा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । अध्यक्ष गुरुङले पूर्वाधार बनिसकेको भए पनि सेवा सञ्चालन, उपकरण र जनशक्तिको व्यवस्थापनकार्य चुनौती भएको बताए ।
यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?
सम्बन्धित समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
समाचार कक्षबाटै पत्रकारलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रेस काउन्सिलको गम्भीर ध्यानाकर्षण
चक्रवात ‘अर्नब’को प्रभाव : देशका विभिन्न भागमा वर्षा र हिमपात
प्रहरी पोसाक खरिद अध्ययन उपसमितिः मङ्सिर १ देखि सम्बन्धितको बयान
थप समाचार
जनदबाबपछि रिहाई भन्दा कानुन विपरीत पक्राउ र ‘ह्यारेसमेण्ट’ बन्द गर्न सरकारलाई कांग्रेसको ध्यानाकर्षण
सञ्चारमन्त्री तिमिल्सिनाले सामाजिक सञ्जालमार्फत भने- पक्राउ परेका सबै पत्रकारलाई छाडियो
स्वास्थ्य सेवा सुधारमा कागेश्वरी मनोहराको छलाङ, छैटौँबाट तेस्रो स्थानमा उक्लियो