
काठमाडौँ, चैत १६ :

काठमाडौँमा आज बिहानसम्मका लागि थप गरिएको कर्फ्यु आदेश स्थगित गरिएको छ ।
राजावादीहरूको प्रदर्शन उग्र बनेपछि काठमाडौँ प्रशासनले तीनकुनेसहित विभिन्न क्षेत्र तोकेर शुक्रबार राति १० बजेसम्मका लागि कर्फ्यु आदेश गरेको थियो ।
रातिसम्म पनि अवस्था सामान्य नभएपछि त्यसपछि जारी भएको कर्फ्यु आदेश शनिबार बिहान ७ बजेसम्मका लागि थपिएको थियो ।
प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीका अनुसार हाललाई कर्फ्यु हटेको र अवस्था सामान्य बन्दै गएको छ ।
शुक्रबार कर्फ्यु जारी भइसकेपछि पनि आन्दोलनमा उत्रिएका राजावादी समुहले काठमाडौँका विभिन्न ठाउँमा तोडफोड र आगजनी गरेका थिए ।