काठमाडौँ, भदौ ११ :

सोमबार अमेरिकी डलर र कतारी रियालको विदेशी विनिमय दर स्थिर रहेको छ भने युरो र बेलायती पाउण्डको विनिमयदर बढेको छ ।

नेपाल राष्ट्र बैङ्कले आजका लागि तोकेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ९३ पैसा र बिक्री दर १३४ रुपैयाँ ५३ पैसा रहेको छ।

युरो एकको खरिद दर १४९ रुपैयाँ ८९ पैसा र बिक्री दर १५० रुपैयाँ ५६ पैसा पुगेको छ।

यस्तै, बेलायती पाउण्ड एकको खरिद दर १७६ रुपैयाँ ९६ पैसा र बिक्री दर १७७ रुपैयाँ ७५ पैसा पुगेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ७३ पैसा र बिक्री दर ३६ रुपैयाँ ८९ पैसा रहेको राष्ट्र बैङ्कले जनाएको छ।