बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
राजनीति लुम्बिनी प्रदेश

‘कसैले चाहँदैमा व्यवस्था परिवर्तन हुँदैन, गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
‘कसैले चाहँदैमा व्यवस्था परिवर्तन हुँदैन, गणतान्त्रिक शासन व्यवस्था कायम रहन्छ’
लुम्बिनी, चैत १६ :

नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गणतान्त्रिक शासन व्यवस्था कायम रहने बताएका छन् ।

लुम्बिनीमा शनिबार आयोजित नेपाली लेखक सङ्घको आठौं अधिवेशनको उद्घाटन समारोहमा उनले नेपाली जनता गणतन्त्रका सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा रहेकाले वर्तमान व्यवस्था कायम रहने बताए।

सभापति देउवाले पूर्वराजाका नाममा भएका गतिविधिको निन्दा गरे । उनले संवैधानिक राजा बन्ने चाहना कहिल्यै प्रकट नगरेको स्पष्ट गरे । उनले देशमा गणतन्त्र स्थापित भइसकेकाले कसैले चाहदैमा यो व्यवस्था परिवर्तन नहुने बताए । हरेक नेपाली गणतन्त्रका पक्षमा एकजुट हुनुपर्नेमा सभापति देउवाको जोड थियो ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार