बिहीबार, २९ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन #मेघबहादुर थापा#न्यायाधीश रणबहादुर बम#हत्याका दोषी#हलगोरु#कृषकलाई प्रोत्साहन#मातृशिशुमैत्री सेवा अभियान#एडिबी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#सविना काफ्ले#खसीबोका#खरिदबिक्री#घटस्थापना#काठमाडौँबाट बाहिरिए#बडादसैँ मनाउन#राष्ट्रपति रामचन्द्र पौडेल#आदिवासी जनजाति आयोग#आपसी विवाद#कुटपिटबाट किशोरको मृ*त्यु#संसदीय सुनुवाइ समिति#राजदूतको नाम अनुमोदन
समाचार

पूर्वराजालाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · शनिबार, १६ चैत, २०८१ मा प्रकाशित
पूर्वराजालाई काठमाडौं महानगरले तोक्यो ७ लाख ९३ हजार जरिवाना, कुन शीर्षकमा कति ?
काठमाडाैं, चैत १६ :

काठमाडौं महानगरपालिकाले शनिबार पूर्वराजा ज्ञानेन्द्र शाहलाई पत्र लेख्दै ७ लाख ९३ हजार जरिवाना तोकेको छ । राजावादीहरुले शुक्रबार आयोजना गरिएको कार्यक्रमबाट सडक र सडकपेटीमा जथाभावी फोहोरमैला गराएको र भौतिक संरचनामा क्षति गराएको भन्दै विभिन्न ९ वटा शीर्षकमा ८ वटा पत्र लेखेर  ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको हो ।

तीनकुनेमा भएको हिंसात्मक आन्दोलनको क्रममा महानगरको दमकलसहित अन्य विभिन्न भौतिक संरचनामा क्षति पुगेको थियो । महानगरले तोकेको जरीवाना शीर्षकमा कोटेश्वर क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख र महादेवस्थान क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख र  तीनकुने क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख तोकेको छ ।

यसैगरी जडीबुटी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख, बालकुमारी क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख, सिनामंगल क्षेत्रको सडक तथा सडकपेटीमा जथाभावी फोहोरमैला गरेको १ लाख, महानगरको दमकल फुटाएको– १ लाख ३० हजार, तीनकुने क्षेत्रको रुख, बिरुवा र रेलिङ तोडफोड ४० हजार र तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको २३ हजार गरी ७ लाख ९३ हजार जरिवाना तोकेको हो ।

यसअघि महानगरले नेकपा एमाले र राप्रपालाई पनि सडक प्रदर्शनका क्रममा फोहोर गरेको र विरुवा नास गरेको भन्दै जरिवाना तिराएको थियो ।
 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार