सोमबार, १६ कात्तिक २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब #काठमाडौँले टस जित्यो#जुगल हिमशृङ्खला#प्रा.डा. गोविन्द केसी#अस्पताल भर्ना#सभापति रवि लामिछाने#पत्रकार धरपकडको छानबिन#जोमसोम-कोरला सडक सञ्चालन#महामन्त्री विपिन आचार्य#चीन भ्रमणमा जाने#कांग्रेसको देउवा पक्ष#संस्थापन पक्षलाई काउन्टर#मकवानपुरले कुलेखानी#१२ घण्टा आवागमन बन्द#मेडिकल हब
समाचार

 फोहाेर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड 

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
 फोहाेर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड 
काठमाडौँ, चैत १७ :

आज अन्तर्राष्ट्रिय शून्य फोहाेर दिवस चेतनामूलक कार्यक्रम गरि मनाइदै छ । 

मानवको अस्थिर उत्पादन र उपभोगका अभ्यासले विश्वलाई विनाशतर्फ धकेलिरहेकाले फोहाेर उत्पादन एवं व्यवस्थापनमा सचेत हुनुपर्नेमा जोड दिँदै आज विश्वभर यो दिवस मनाइँदै छ ।  

विद्युतीय उपकरण, खाद्यपदार्थ र अन्य सामग्री तथा प्लाष्टिक एवं प्लाष्टिकजन्य वस्तु प्रयोग गरेर ‘प्याकेज’ हुने सामान, घरपरिवार, साना व्यवसाय र सार्वजनिक सेवा प्रदायकहरूबाट प्रत्येक वर्ष २.१ अर्ब देखि २.३ अर्ब टन ठोस फोहाेर उत्पादन भइरहेकाले संसारलाई फोहरमुक्त बनाउने प्रयासस्वरुप सन् २०२२ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो । 

प्लाष्टिक प्रदूषण एवं अन्य फोहाेरका कारण उत्पन्न हुने सङ्कटलाई सम्बोधन गर्न तत्काल विश्वका हरेक मानिसले आ–आफ्नो स्थानबाट योगदान गर्नुपर्ने भएकाले यो वर्ष कपडा उत्पादन तथा परिधान उद्योगमा शून्य फोहर नाराका साथ यो दिवस मनाइँदै छ । 

संयुक्त राष्ट्रसङ्घका अनुसार एक वर्षमा विश्वभरका नगर क्षेत्रमा उत्पादन हुने ठोस फोहाेरले विश्वलाई २५ पटक ढाक्न पुग्छ । फोहाेरको यो भयावह उत्पादन घटाउन राष्ट्रसङ्घीय वातावरण कार्यक्रम तथा मानव बसोबास कार्यक्रमले राष्ट्रसङ्घका सदस्य देशलाई सघाईरहेका छन् । 

सन् २०३० सम्ममा दिगो विकासका लक्ष्य हासिल गर्न विश्वलाई फोहाेरमुक्त गर्न अपरिहार्य भएको राष्ट्रसङ्घले जनाएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार