मंगलबार, २७ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत #राष्ट्रपति रामचन्द्र पौडेल#दुई अध्यादेश जारी#अर्थमन्त्री डा स्वर्णिम वाग्ले#घटस्थापना#काठमाडौँ उपत्यका छाडे#नेपालको दोस्रो जित#भोटेकोशी बाढीमा वेपत्ता#मृत्यु प्रमाणपत्र जारी गर्ने#प्रतिमा गौतम#सहमहामन्त्रीमा निर्वाचित#आईपीयू महासभा#सभामुख डोलप्रसाल अर्याल#एमालेको कार्यकर्ता भेला#महिला खुला केन्द्रीय सदस्य#राजदूत पदमाक्षी राणा#ओमानको प्रस्तावित राजदूत
राजनीति

प्रधानमन्त्रीको आह्वानमा गणतन्त्र पक्षधरको बैठक बस्दै

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
प्रधानमन्त्रीको आह्वानमा गणतन्त्र पक्षधरको बैठक बस्दै
फाइल तस्बिर।
काठमाडौं, चैत १७ :

प्रधानमन्त्री केपी ओलीले गणतन्त्र पक्षधरको बैठक आह्वान गरेका छन् ।  आज साँझ ७ बजे सिंहदरबारमा बस्ने गरी बैठक आह्वान गरेका हुन् । राजावादीहरुले गणतन्त्र मासेर पुनः राजतन्त्र फर्काउन आन्दोलन चर्काउन थालेपछि प्रधानमन्त्रीले यो बैठक डाकेका हुन् ।

राजावादीको प्रदर्शनपछि आफूलाई लोकतान्त्रिक गणतन्त्रवादी पार्टी भन्ने दलहरुले प्रतिगमनलाई परास्त गर्न सबै मिल्नुको विकल्प नभएको बताउँदै आएका छन् । बैठकमा सत्तापक्ष र प्रतिपक्ष दलले गणतन्त्रको रक्षाका लागि एकजुट भइ अगाडि बढ्न प्रतिबद्ध हुने बुझिएको छ । शुक्रबारको प्रदर्शनमा राजावादीहरुले विध्वंश मच्चाएका थिए । निजी तथा सरकारी सम्पत्तिमा आगजनी गरी क्षति पुर्‍याएका थिए ।

प्रधानमन्त्री ओलीले सर्वदलीय बैठकमा सहभागी हुन र संसद बैठक खुलाउने विषयमा प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाललाई टेलिफोन गरेको  एमाले मुख्य सचेतक महेशकुमार बर्तौलाले जनकारी दिएका छन् । प्रधानमन्त्रीले भोलि १८ गतेको संसद् बैठकमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । 

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार