सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
समाचार कोसी प्रदेश

पाथीभरामा केबलकारको काम तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
पाथीभरामा केबलकारको काम तत्काल अघि नबढाउन सर्वोच्चको अन्तरिम आदेश
काठमाडौं, चैत १७ :

सर्वोच्च अदालतले ताप्लेजुङको पाथीभरामा निर्माणाधीन केबलकारको काम तत्कालका लागि रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

सर्वोच्च अदालतले अन्तरिम आदेशको टुंगो नलाग्दासम्म सबै कामकारबाहीलाई यथास्थितीमा राख्न सरकार तथा निर्माण कम्पनीका नाममा अन्तरिम आदेश दिएको हो ।

याम बहादुर लिम्बु लगायतले दायर गरेको रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै सर्वोच्चले यस्तो आदेश दिएको हो । न्यायाधीश सुवेदीको इजलासले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्नेबारे छलफल गर्न २६ चैतमा दुवै पक्षलाई बोलाइएको छ ।

पाथिभरामा केवलकार निर्माण गर्न नहुने भन्दै सबै काम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा विभिन्न पक्षबाट रिट परेको छ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार