सोमबार, २६ असोज २०८३ सक्रिय अपडेट सक्रिय सिफारिस
ट्रेन्डिङ
#कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर #कांग्रेस पदाधिकारी#अनुजा अधिकारी आचार्य#रसुवाकी शिक्षिका#पृथ्वी राजमार्ग#दुईतर्फी यातायात सञ्चालन#बीपी राजमार्ग#पुनर्निर्मित सडकबाटै आवागमन#कवितासंग्रह#गीतिसंग्रह#सुदूरपश्चिम प्रदेश सरकार#बजेट प्रस्तुत#पाँच जना सम्पर्कविहीन#रवि लामिछाने#उद्धार र राहत#विनोद चौधरी#उपसभापति#दसैँघर
राजनीति भिडियो

दुर्गा प्रसाईंले प्रहरीसँग माफी माग्दै भने- म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन

सक्रिय न्युज संवाददाता सक्रिय न्युज संवाददाता · आइतबार, १७ चैत, २०८१ मा प्रकाशित
दुर्गा प्रसाईंले प्रहरीसँग माफी माग्दै भने- म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन
काठमाडौं, चैत १७ :

राजावादी आन्दोलनका कमान्डर दुर्गा प्रसाईंले प्रहरीसँग माफी मागेका छन् । 

तीनकुने घटनापछि फरार रहेका प्रसाईंले आइतबार सामाजिक सञ्जालमार्फत एक भिडिओ सन्देश पोस्ट गर्दै प्रहरीसँग माफी मागेका हुन् । उनले सुरक्षाकर्मीलाई लक्षित गर्दै तपाईंहरुप्रति कुनै दुष्मनी नभएको जनाउँदै पर्न गएको चोटप्रति क्षमा मागेका छन् ।  

उनले आफू प्रहरी र दिनदुखीलाई माया गर्ने मान्छे भएको समेत दाबी गरे । प्रसाईंले भने छन्, ‘म सुरक्षित बसेको मात्रै हुँ, भागेको छैन ।’

उनले आफूलाई मार्ने योजना बुनेको थाहा पाएपछि शुक्रबार प्रहरी घेरा तोडेर ज्यान जोगाएको स्पष्टीकरण दिएका छन् । आफ्नो कानको छेवैबाट गोली गएको र मार्ने योजना बुनेको थाहा पाएपछि प्रहरीको घेरा तोडेको हुँ उनले भिडिओ सन्देशमा भनेका छन् ।

तीनकुनेको प्रदर्शनमा प्रसाईंले प्रहरीको घेरा तोड्दै गाडी अगाडि बढाएको भिडिओ पनि सामाजिक सञ्जालमा छरपस्ट छन् । भिडिओमा उनले कैयौंपटक अश्लील शब्द पनि प्रयोग गरेको सुन्न सकिन्छ । प्रहरीले अहिले पनि उनलाई खोजी गरिरहेको छ । उनीसँगै प्रदर्शनमा सामेल भएका राप्रपाका नेताहरु रवीन्द्र मिश्र र धवलशमशेर राणा भने प्रहरी नियन्त्रणमा रहेका छन् ।

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ?

सम्बन्धित समाचार

थप समाचार