काठमाडौं, चैत १७ :

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूलाई जेल हालेर देखाउन सरकारलाई चुनौती दिएका छन्।  प्रतिनिधिसभाको बैठकमा लिङ्देनले छाती ठोक्दै आफूलाई जेल हालेर देखाउन चुनौती दिए। 

बैठक सुरु हुनेबित्तिकै सत्तारुढ दलहरूका सांसदले तीनकुनेको घटनाप्रति लक्षित गर्दै राजावादीलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि लिङ्देनले आक्रोश व्यक्त गरेका हुन् । उनले भने, ‘राजावादी यहाँ छ सके जेल हाल ।’

सत्तापक्ष र प्रतिपक्षका सांसदबीचको चर्काचर्कीका कारण संसद बैठक नियमित रुपमा चल्न सकेको छैन ।

संसद्‍‌मा सत्तापक्ष र प्रतिपक्षी सांसदहरूबीच चर्काचर्की, बैठक अवरुद्ध [भिडियो/तस्बिर]